जनकपुरधाम, २२ मंसिर । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले संविधानले स्वीकार्य गरेको सहकार्यात्मक संघीयतालाई अंगिकार गर्दै अघि बढनु नै अहिलेको मुख्य विकल्प रहेको बताएका छन् ।
नेकपा संसदीय दलको कार्यालयले शनिबार जनकपुरमा आयोजना गरेको उर्जा र सिचाईमा तीनै तहका सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले तीन तहकै सरकारबीच समन्वय र सहकार्यको नीति अवलम्बन गरिए मात्र मुलुक विकास र सुशासनको बाटोमा अघि बढ्ने उल्लेख गरे ।
कृषि र उद्योगको पर्याप्त सम्भावना गरेको प्रदेश नं.२मा सिचाईको आभाव रहेको तर्फ इगित गर्दै मुख्यमन्त्री राउतले त्यस तर्फ ध्यान दिन संघीय सरकार संग आग्रह गरे ।
सिचाई सम्बन्धि योजनाहरु प्रदेश मातहत राख्नु पर्ने उल्लेख गर्दै उनले संघीय सरकारले सुन कोशी कमला डाइभर्सन र चुरे संरक्षणमा ध्यान दिनु पर्नेमा जोड दिए ।
तपाईको प्रतिक्रिया