विराटनगर, २६ भाद्र । नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सङ्घीयताको सफल कार्यान्वनका लागि सबै राजनीतिक दल एकतावद्ध भएर लाग्नुपर्ने बताएका छन् ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता गच्छदारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई चिरस्थायी र दीर्घ बनाउन सबै राजनीतिक दल एक भएर लाग्नुपर्ने बताउँदै जनताको मागअनुसार संविधानलाई क्रमिकरूपमा संशोधन गर्दै लैजानुर्पेमा जोड दिए ।
मुलुकको राज्य प्रणाली संसदीय मूल्य मान्यताअनुसार अघि बढेमा मात्र लोकतन्त्र बलियो हुने बताउँदै उनले लोकतन्त्रको मेरुदण्डका रूपमा रहेको स्वतन्त्र न्यायालय र प्रेसलाई नियन्त्रण गर्ने प्रयास कहीँ कतैबाट हुनुहुँदैन भने ।
तपाईको प्रतिक्रिया