संघीयता कार्यान्वयनका लागि कांग्रेसको सहयोग रहने : गच्छदार

राजनीति

1/13/2019

विराटनगर, २८ पुस । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सङ्घीयता कार्यान्वयनमा नेपाली कांग्रेसको सहयोग रहने बताएका छन् ।

उनले यसका लागि राज्यको महत्वपूर्ण भूमिका रहने बताएका हुन् । विराटनगर विमानस्थलमा उनले नेपाली जनताको ठूलो बलिदान र संविधानसभाबाट ल्याइएको सङ्घीयता कार्यान्वयनमा नेपाली कांग्रेसको सहयोग रहने बताए ।

उनले आगामी माघ १० गते हुने पार्टीको केन्द्रीय समितिको बैठकबाट पार्टीभित्र दिगो एकता कायम हुने चर्चा गर्दै अब पार्टीभित्र एकताको कुनै विकल्प नरहेको प्रष्ट पारे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ