वीरगन्ज, ७ असोज । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले संघीय सरकारले प्रदेश सरकारलाई नचाहेर जन्मेको बच्चा जस्तो व्यवहार गरिरहेको आरोप लगाएका छन् ।
संघीय समाजवादी फोरम नेपालको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारलाई असफल बनाउन संघीय सरकारले प्रयत्न गरिरहेको उनको आरोप छ ।
उनले संघीय सरकारकै असहयोगका कारण आफूहरुले सोचेअनुसार काम गर्न नसकेको बताएका छन् । उनले संघीय सरकारले काठमाडौंमा थर्ड क्लास भनिएका कर्मचारीहरु प्रदेशमा पठाएको आरोपसमेत लगाए ।
तपाईको प्रतिक्रिया