संचारको विना विकास अधूरा : मेयर गुप्ता

राजनीति

12/13/2018

राकेश यादव, रौतहट, २७ मंसिर । गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ताले संचारको सहयोग विनाको विकास सम्भव नरहेको बताएका छन् ।

विकासमा संचारको महत्व कस्तो भन्ने प्रश्नको जवावमा मेयर गुप्ताले विकासको सम्बाहकको रुपमा संचार रहेको दावी गरेका छन् । उनले भने पत्रकारिता राष्ट्रको चौथो अंगको रुपमा रहेको छ सरकारको विकासको कार्यलाइ जनता समक्ष पुर्याउने कार्यमा संचारको भूमिका महत्त्वपूर्ण रहेको छ ।

सूचना सार्वजनिक गर्नेदेखि लिएर सरकारका गतिविधिको जानकारी गराउने साधन समेत संचार नै रहेको ठोकूवा गरे । उनले थपे संचारको सँगै पत्रकारको पनि वृति विकास गर्नु जरुरी रहेको छन् ।

मुलुकमा संघीयता आइसकेपछि गठन भएको स्थानीय तहको जिम्मेवारी पनि बढेको औल्याए ।

मेयर गुप्ताले गौर नगरपालिका भौतिक पूर्वाधार ,सामाजिक विकास , शिक्षाको स्तरउन्नती ,स्वास्थ्य क्षेत्रको सुधारको साथै पत्रकारिताको विकासलाइ मुख्य प्राथमिकतामा राखेको बताए ।

पत्रकारिता स्वतन्त्र रहेकोले आलोचना समालोचना गर्नु सकारातमक रहेको बताउँदै मेयर गुप्ताले स्थानीय सरकारले गल्ती गरे सचेत गराउनु पर्ने र गरेको कार्यलाइ पनि जनता माझ पुर्याइदिने धरना राखे ।

नकारात्मक समाचार लेख्दै जादा भएको कार्य पनि दविने भएकोले सत्य तथ्य समाचार सम्प्रेषण गर्नु पत्रकारिताको मूलमर्म रहेको उल्लेख गरे । गौर नगरपालिकाले गल्ती गरे पनि सकारातमक समाचार लेख्नु परयो भने मेरो भनाइ नरहेको प्रस्ट गर्दै गरेको कार्य पनि सार्वजानिक गरिदिनु पर्ने सुझाव दिए ।

गौर नगरपालिकाले शिक्षाको सुधारको लागि कम्मर कसी लागि परेकोले यस विषयमा अभिभावकहरुलाई पत्रकारिताको माध्यमबाट जागरूक गराई दिन आग्रह गरे । शिक्षक ,अभिभावक ,र विधार्थी जिम्मेवार नभए सम्म शिक्षाको विकास सम्भव नरहेको दोहरयाउदै मेयर गुप्ताले विकासको लागि पत्रकारहरु अगाडी आउनु पर्ने सुझाव दिए ।

गौर नगरपालिकाले नगर भित्र रहेका आधारभूत ,माध्यमिक विद्यालयलाइ परीक्षाको लागि चाहिने सवै सामग्री उपलब्ध गराएको र विद्यार्थी सित परीक्षा शुल्क समेत नलिन विद्यालयलाइ निर्देशन दिएको बताएका छन ।

नगरपालिकाले विद्यालयको नियमित अनुगमनको लागि कार्यदल बनाए पछि सुधार आएको देखिन्छ । अनुगमन टोलीले नियमित रुपमा कड़ाईका साथ अनुगमन गर्न थाले पछि शिक्षक विधार्थी समयमा विद्यालय पुग्ने गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ