सचिव कुटपिट प्रकरण : छानबिनका लागि टोली गठन

राजनीति

1/14/2019

जनकपुरधाम, ३० पुस । प्रदेश नं २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झामाथि आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले गरेको कुटपिटबारे प्रदेश सरकारले छानबिन गर्ने भएको छ ।

आइतबार प्रदेश २ का मन्त्री यादवले आफ्नै कार्यकक्षमै बोलाएर सचिव झामाथि कुटपिट गरेको बारे सत्यतथ्य छानबिनका लागि आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेको गरिएको छ ।

सचिव झाले मन्त्री यादवमाथि विभिन्न आरोप लगाएका छन् । उनले मन्त्री निकटका संस्थालाई छनोट गरिदिनका लागि दबाब दिँदा आफूले नमानेको र ती संस्था छनोट सूचीमा नपरेका कारण उनले कुटपिट गरेको सचिव झाको भनाइ छ ।

छानबिन समितिमा प्रदेश २ का मुख्य सचिव दीपक सुवेदी र कार्यालयका सचिव हरि फुयाँल रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ