सचिव झामाथि प्रदेश २ का मन्त्रीद्वारा कुटपिट

राजनीति

1/13/2019

जनकपुरधाम, २९ पुस । उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले कुटपिट गरेका छन् ।

आइतबार मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर सभामुखकै अगाडि कुटपिट गरेको आरोप सचिव झाले लगाएका छन् ।

मन्त्री यादवले सिफारिसका एनजिओहरुको योजनामा छनोट नगरेको भन्दै आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेको गुनासो सचिव झाले गरे ।

सचिव झाले भने, ‘मन्त्री यादवले एनजिओहरुसँग पैसा खाएर जबर्जस्ती तिनीहरुको योजनामा छनोट गर्न दबाब दिएको र नमान्दा कार्यकक्षमै बोलाएर कुटपिट गरेका छन् ।’

संघीय सरकारले सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको पीडित सचिव झाले बताए ।

यस घटनाबारे बुझ्नका लागि मन्त्री यादवलाई सम्पर्क गर्दा हुन सकेन । मन्त्री यादवले किन कुटपिट गरेको भन्ने आम जनमानसमा जिज्ञासा रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ