साझा विवेकशीलको प्रवक्तामा शरदराज पाठक चयन

राजनीति

12/22/2020

काठमाडौं, ७ पुस । हालै एकिकृत भएको विवेकशील साझा पार्टीको प्रवक्तामा केन्द्रीय सदस्य शरदराज पाठक चयन भएका छन् ।

साझा विवेकशीलका अध्यक्ष रवीन्द्र मिश्रले मंगलबार एक विज्ञप्ति जारी पाठक प्रवक्तामा चयन भएको जनाएका छन् ।

गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट पार्टीका उमेदवार रहेका पाठकले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् ।

विवेकशील साझा पार्टीमार्फत् राजनीतिमा सकृय हुनअघि उनले विभिन्न सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व गरेका थिए । प्रवक्ता पाठकलाई ९८५१२०९८७२ मा सम्पर्क गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ