साधु सन्त बन्न राजनीति गरेको होइन : महतो

राजनीति

9/18/2018

बाँके, २ असोज । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलीय नेता राजेन्द्र महतोले केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्नु कुनै अपराध नरहेको बताएका छन् ।

नेपालमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतोले भने, ‘सरकारले हाम्रा मागहरु सम्बोधन गरिदिँदा हामी सरकारमा पनि जान सक्छौं । यो कुनै ठूलो कुरा होइन ।’

उनले केपी ओली नेतृत्वको सरकारले संविधान संशोधन, आन्दोलनकारी राजबन्दीहरुको रिहाई, झुठा मुद्दा फिर्ता, रेशमलाल चौधरीको शपथ ग्रहण लगायतका कुराहरु गरिदिँदा सरकारमा जान समस्या नहुने धारणा राखेका छन् ।

उनले आफूहरु साधु सन्त बन्नका लागि राजनीति नगरेका भन्दै आफ्ना माग पूरा भएपछि सरकार जाँदा कुनै अपराध नहुने जिकिर गरेका छन् ।

उनले राजपाको मुख्य कार्यसूची संविधान संशोधन नै भएको बताएका छन् । संविधानलाई समयानुकूल संशोधन नगरेका कारण संविधान दिवसलाई उत्सवको रुपमा मनाउने अवस्था नरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ