काठमाडौं, १८ कार्तिक । गत असोज ३ गते कालो संविधान भनि विरोध प्रदर्शन गर्दा स्वतन्त्र मधेश गठबन्धनका सुनसरी जिल्लाबाट गिरफ्तार भएका ४ जना नेताहरु रिहा भएका छन् ।
आइतबार जनही १५ हजारको धरौटीमा जिल्ला अदालत सुनसरीबाट उनीहरु रिहा भएका छन् ।
नेपालको संविधान मधेशहरुको रगतबाट लतपत भएकोहुनाले यो संविधान मधेश र मधेशीको हकहितमा नहुने भएको भन्दै गठबन्धनको आह्वानमा मधेशभरी कालो दिवस मनाइएको थियो ।
उक्त दिन सयौंको संख्यामा स्वतन्त्र मधेश गठबन्धनका नेता कार्यकर्ताहरु गिरफ्तार भएका थिए । त्यही कार्यक्रमबमट सुनसरी जिल्लाबाट ई. श्यामसुन्दर मण्डल, जय प्रकाश मधेशी, सिताराम पण्डित र भवानी मेहता गिरफ्तार भएका थिए ।
गिरफ्तार भएकाहरुलाई सार्वजनिक शान्ति सुब्यवस्था खलल पुर्याएको आरोपमा सुनसरी जिल्ला अधिकारीले पुर्पक्षका लागि झुमका कारागार चलान गरेको थियो ।
तपाईको प्रतिक्रिया