सुनसरी, ३० भाद्र । संघीय समाजवादी फोरम नेपालले इटहरीमा प्रशिक्षण कार्यक्रम गरेको छ । इटहरी उपमहानगरपालिकास्तरीय प्रशिक्षण कार्यक्रममा केन्द्रीय उपाध्यक्ष हेमराज राईले मुलुकको समृद्धिका लागि वर्तमान सरकारले ठोस नीतिसहितको प्रभावकारी कार्यक्रम ल्याउन नसकेको आरोप लगाएका छन् । उनले पार्टी सरकारमा भए पनि सरकारको कतिपय कार्यलाई स्वीकार गर्न नसकिने बताए । उपाध्यक्ष राईले पार्टीको अवधारणा र भावी रणनीतिका विषयमा प्रशिक्षण दिए ।
तपाईको प्रतिक्रिया