सुनसरीमा सीके राउतका ७ कार्यकर्ता रिहा, ४ जनामाथि राज्यविरुद्धको अपराध मुद्दा

राजनीति

10/15/2018

सुनसरी, २९ असोज । स्वतन्त्र मधेश गठबन्धनका सात जना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले आइतबार रिहा गरेको छ ।

असोज १६ गते ज्ञापन पत्र बुझाउन गएका डा.सीके राउतका कार्यकर्तालाई सुनसरी जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरि सार्वजनिक अपराध कसुर अन्तरगतको मुद्दा चलाएको थियो ।

गुलाब चन्द मण्डल, सुरेन्द्र मण्डल, जिवा कुमार गोईल, उद्देश्वर मण्डल, लक्ष्मण मोरवैता, चन्दन सिंह र ज्ञानेन्द्र खड्का रिहा भएका छन् ।

गत असोज ३ गते गिरफ्तार भएका भवानी मेहता, जय प्रकाश मधेशी, सिताराम पण्डित र श्यामसुन्दर मण्डललाई झुमका कारागार चलान गरिएको छ । यी ४ जनामाथी राज्य विरुद्ध अपराध अन्तरगतको मुद्दा चलाएको गठबन्धनका प्रवक्ता अब्दुल खानले जनाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ