सभापति माथि लगाएको अविश्वासको प्रस्ताव खारेज

राजनीति

11/18/2018

रौतहट, १ मंसिर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र साह माथि लगाइएको अविश्वासको प्रस्ताव बहुमतबाट खारेज भएका छन ।

शनिवार रौतहटको बौधिमाई नगरपालिकाको बंकुल स्थित ओम विबाह भवनमा आयोजना गरिएको १० औ साधारण सभाबाट अध्यक्ष साह माथि लगाइएको अविश्वासको प्रस्ताव खारेज गर्ने निर्णय बहुमतबाट पारित भएपछि खारेज भएको हो ।

अविश्वास प्रस्ताव दर्ता गराएका पक्ष कार्यक्रममा उपस्थित भएर आरोप पुस्टि गर्न नसक्दा उपस्थित भएका ५१ प्रतिशत सदस्यले प्रस्तावको विपक्षमा हस्ताक्षर गरेका थिए ।

केन्द्रीय प्रतिनिधि शीतल महतोको विशेष उपस्थतिमा भएको कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट सम्वोधन गर्दै संघीय समाजवादी फोरम नेपालका प्रदेश नंबर २ का प्रदेश सांसद राम किशोर यादवले पत्रकार देशको चौथो अंगको रुपमा रहेको हुदा सत्यको पक्षमा कलम चलाउन आग्रह गरे । उनले भने पत्रकार विच रौतहटमा देखिएको गुट उपगुट दुखद रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ