जनकपुरधाम, २८ माघ । मुख्यमन्त्री लालबाबु राउतले समाजिक रुपान्तरणको लागि सबै पक्षबाट सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् ।
मुलधार महिला सेवा केन्द्र उदयपुरले आज जनकपुरमा आयोजना गरेको दोस्रो राष्ट्रिय बेटी सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले समाजमा पछाडी परेका महिलाहरुलाई मुल धारमा ल्याउन सबै पक्षलाई आ –आफनो तहबाट सहयोग गर्नु पर्ने उल्लेख गरे ।
उनले महिलाहरुको सशक्तिकरणको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै प्रदेश सरकारले ल्याएका योजनाहरुबाट केही वर्ष भित्रै प्रदेश २ का महिलाहरु सशक्त रुपमा अगाडी आउने दावी समेत गरे ।
मूलधार महिला सेवा केन्द्रका अध्यक्ष नजबुल खातुनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा देशभरिबाटै प्रतिनिधिमूलक महिलाहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा एसिड पिडित मुस्कान खातुन लगायतलाई सम्मान समेत गरिएको थियो ।
तपाईको प्रतिक्रिया