समाजवादीले कोभिड–१९ कोषमा १० लाख दिने घोषणा

राजनीति

3/28/2020

काठमाडौं, १५ चैत । समाजवादी पार्टीले कोरोना भाइरस (कोभिड(१९) रोकथाम र नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा आफ्नो तर्फबाट एकमुस्ट १० लाख रुपैयाँ प्रदान गर्ने जनाएको छ ।

सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गरी पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने सांसद तथा जनप्रतिनिधिको आधा महिनाबराबरको तलब तथा पार्टी कार्यकर्ता तथा शुभेच्छुकको सहयोगसमेत गरी एकमुस्ट १० लाख रुपैयाँ रकम दिने जानकारी दिएका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ