समृद्धिको आधार विद्युत : मन्त्री चौधरी

राजनीति

1/3/2019

रुपन्देही, १९ पुस । प्रदेश ५ का भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले मुलुकको समृद्धिको आधार विद्युत रहेको बताएका छन् । त्यसका लागि विद्युतको उत्पादन र सही सदुपयोग हुन आवश्यक रहेकोमा जोड दिए ।

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन प्रदेश भेला तथा प्रदेश समितिको घोषणा सभामा बुधबार बोल्दै चौधरीले विद्युतको तीब्र उत्पादन र विकास गरेपछि मात्र मुलुक समृद्ध बन्ने बताए ।


‘समृद्ध नेपाल सुखी नेपाली भन्ने सरकारको लक्ष्य छ’ मन्त्री चौधरीले भने, ‘त्यसको लक्ष्यमा पुग्न विद्युतको तीब रूपमा उत्पादन र विकास गर्नुपर्छ ।’ चौधरीले विद्युतको धेरै चुहावट हुने गरेको भन्दै त्यसको नियन्त्रण्मा कर्मचारी खटनुपर्ने बताए । ‘विद्युतको क्षेत्रमा भ्रष्टचार र अनियमितता पनि छन् । त्यसको नियन्त्रण गर्न कर्मचारीहरूले खवरदारी पनि गरिनुपर्छ ।’ मन्त्री चौधरीले भने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ