काठमाडौं, १४ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालका पूर्वसंयोजक महन्थ ठाकुरले संयोजक परिवर्तनप्रति आफ्नो कुनै आपत्ति नरहेको प्रष्ट्याएका छन् ।
शुक्रबार राजपाको केन्द्रीय कार्यालय मधेश भवनमा अध्यक्षमण्डलको अनौपचारिक बैठकमा ठाकुरले अध्यक्षमण्डलको संयोजक परिवर्तन प्रक्रिया मात्र रहेको र यसमा आफ्नो कुनै आपत्ति नरहेको धारणा राखेका थिए ।
पार्टीका नेता कार्यकर्ता तथा जनतामा नकारात्मक सञ्चार प्रवाह भएकोले अध्यक्षमण्डलको अनौपचारिक बैठकमा उपस्थित भई नेता कार्यकर्तालाई उनले यस्तो सन्देश दिएका हुन् ।
ठाकुरको भनाईलाई उदृत गर्दै राजपा विद्यार्थी संगठनका अध्यक्ष मनिष मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, :
'अध्यक्षमंडलको अनौपचारिक बैठकमा मा.महन्थ ठाकुर स्वयं उपस्थित भई भन्नुभयो “आफु राजपा बनाउन आएको,पार्टी लाई बलियो एवं मजबुत बनाउने सोच रहेको,अध्यक्षमंडलको संयोजक परिवर्तन प्रक्रिया मात्र रहेको र यसमा मेरो केही आपत्ति नरहेको,धेरै पहिला देखी नै दांतमा पिडा रहेको र दांत दर्दले बोल्न गार्हो भईरहेकोले अहिले चेकअप गराउन जानुपर्नेछ र ईन्डिया फ्लोअपमा जानुपर्ने भएकोले तपाईहरू समयमै महाधिवेशन गराउन र पार्टीका सांगठीन एजेन्डाहरूमा छलफल अगाडी बढाउनुस म आए पछि औपचारिक बैठक राखी पूर्णता दिईनेछ।“ यस कुराहरूलाई राजपा नेपाल समर्पित नेता कार्यकर्ताहरूले गंभीरताका साथ बुझी पार्टीका कार्यक्रमहरूलाई आगाडी बढाउनुहोस।'
तपाईको प्रतिक्रिया