काठमाडौं, ८ पुस । सत्तारुढ समाजवादी पार्टीले सरकारबाट बाहिरिन लागेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको मन्त्रिपरिषद् बैठकमा समाजवादीका अध्यक्षसमेत रहेका उपप्रम एवं कानूनमन्त्रीको संविधान संशोधन प्रस्ताव अस्वीकार गरेका थिए ।
प्रधानमन्त्री केपी ओलीको यस्तो व्यवहारबाट असन्तुष्ट भई समाजवादी पार्टी सरकारबाट बाहिरिन लागेको स्रोतको दाबी छ ।
यता, समाजवादीका पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारबाट बाहिरिने निर्णय अहिलेसम्म नभएको मधेशवाणीलाई बताएका छन् ।
सरकारबाट बाहिरिने कि बसिरहने भन्ने बारे निर्णय गर्नका लागि संघीय परिषद्को बैठक बसिरहेको उनले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया