नेपालगञ्ज, ८ मंंसिर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गरेका छन् ।
बाँकेको राप्तीपारी नरैनापुर गाउँपालिकाको जमुनीमा आयोजित आमसभामा उहाँले सरकारले जनतामाथि करको भार बढाउनु गलत भएको तर्क गरे ।
जनताको सच्चा साथी कांग्रेस भएको दावी गर्दै नेता कोइरालाले लोकतान्त्रिक चरित्रलाई काङ्ग्रेसले कहिल्यै नछाड्ने दावी गरे ।
तपाईको प्रतिक्रिया