सरकारले विकास र समृद्धिका लागि काम गरिरहेको छ : प्रम ओली

राजनीति

2/17/2019

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र समृद्धिका लागि काम गरिरहेको बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालमा विकासको गतिशिलता र लगानीको अवसर उपयुक्त भएको भन्दै यसका लागि सरकारले सुशासनको वातावरण बनाउने बताए ।

“सरकार विकास दुरदृष्टिमा कुनै दोधारोमा छैन । हामी नतिजामुखी विकासको काममा प्रतिवद्ध छौं” प्रधानमन्त्री ओलीले भनेका छन् ।

प्रधानमन्त्री ओलीले स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानीगर्न समेत आह्वान गरेका छन् ।

“तपाईंहरुको लगानीको सुरक्षा सरकारले गर्छ । लगानीबाट तपाईंहरुले नाफा आर्जन गर्न पनि सक्नुहुन्छ” प्रधानमन्त्री ओलीले भनेका छन् ।
प्रधानमन्त्री ओलीले नेपाल लगानीका लागि उर्वर भूमि भएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले वैदेशिक लगानीले नेपालको आर्थिक वृद्धिद्धर वृद्धि हुने मात्र नभइ नेपाललाई विश्वसँग जोडिने अवसर पनि हुने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ