सरकारले सही बाटो र नीति लिएको छ : प्रधानमन्त्री ओली

राजनीति

2/2/2019

काठमाडौं, १८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सही बाटो र सही नीति लिएको बताएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का साँसदहरुसँग शुक्रबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले कुनै पनि विषयलाई राम्रोसँग अध्ययन गरेर संसदमा प्रस्तुत हुन आग्रह गरेका छन् । पार्टीको नीति र विधिभित्र रहेर आफ्ना कुरा राख्न प्रधानमन्त्री ओलीले सांसदहरुलाई सम्झाएका छन् ।

“पार्टीको एकता प्रक्रिया टुंगोमा नपुग्दा केही अन्यौल भएको छ तर अब चाँडै यो प्रक्रियाले अन्तिम रुप लिन्छ” प्रधानमन्त्री ओलीले भने “त्यसपछि पार्टीका नीति निर्देशन, स्थानीय तहमा पुग्छन् । त्यसपछि स्थानीय तहहरुलाई निर्देशित गर्न पनि सजिलो हुन्छ ।”

प्रधानमन्त्री ओलीले समय मिलाएर संसदीय दलको बैठक नियमित राखिने, संसदहरुलाई विभिन्न बिषयमा प्रशिक्षित गरिने बताएका छन् । प्रधानमन्त्रीओलीले मन्त्रीहरुलाई साँसदहरुसँग घनिष्ट सम्बन्ध राख्न आग्रह गरेका छन् ।

“कतिपय अवस्थामा मन्त्रीहरु सिधै जनतासँग जोडिन सकेका हुँदैनन्, त्यसका लागि साँसदहरु मार्फत मन्त्रीहरुले जनताका कुरा सुन्ने र आफ्ना कुरा जनतामा पठाउने हो” प्रधानमन्त्री ओलीले भने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ