सरकारविरूद्ध नारा–जुलुससहित प्रदर्शन गर्ने

राजनीति

6/21/2019

काठमाडौं, ६ असार । पूर्वगृह राज्यमन्त्री मो. रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले केपी ओली सरकारविरूद्ध चरणबद्ध आन्दोलनको घोषण गरेको छ ।

यसअघि प्रधानमन्त्रीलाई अन्सारीको पार्टीले ज्ञापनपत्रसमेत दिइसकेको छ । संविधान संशोधन मुख्य एजेन्डासहित आन्दोलनमा होमिएको अन्सारीको पार्टीले असार ७ गते शनिबार काठमाडौंको रत्नपार्कको शान्तिबाटिका हुँदै नयाँबानेश्वरसम्म नारा–जुलुससहित विरोध प्रदर्शन गर्ने जनाइएको छ ।

अध्यक्ष अन्सारीले लोकसेवा आयोगको विज्ञापन खारेज, धर्म संस्कृतिमाथि प्रहारको विरोध र संविधान संशोधनका लागि सरकारमाथि दबाब दिन विरोध प्रदर्शन गर्न लागेको जनाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ