सरकार असफल भइसक्यो : यादव

राजनीति

10/5/2018

राजविराज, १८ असार । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलीय नेता राजकिशोर यादवले जनताको आकाँक्षा र भावनाअनुसार काम पूरा गर्न नसकेकाले पूर्णरूपमा सरकार असफल भइसकेको विचार व्यक्त गरेका छन् ।

राजपा नेपाल सप्तरीले राजविराजमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देशमा आर्थिक समृद्धिको लागि विकास निर्माण र मधेशको समस्या समाधान गर्न सरकारले सकेको छैन भने ।

मधेश आन्दोलनका क्रममा पक्राउ परेका कार्यकर्ताको रिहाइको माग गर्दै उनले मधेश आन्दोलनका क्रममा गठन गरिएको उच्चस्तरीय छानबिन समितिले सत्यतथ्य सार्वजनिक गर्नुपर्ने विचार राखे ।

अध्यक्ष यादवले राजपा नेपालले वर्तमान सरकारलाई जनताको विकास र अधिकारको लागि समर्थन दिएको बताउँदै संविधान संशोधन हुनुपर्ने जिकिर गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ