सप्तरी, ३ असोज । संविधान दिवसको विरुद्धमा राष्ट्रिय जनता पार्टी नेपालले घोषणा गरेको कार्यक्रमअन्तर्गत सप्तरीका विभिन्न सरकारी कार्यालय तथा बजारहरुमा कालो झण्डा झुण्ड्याएको छ ।
राजपाका कार्यकर्ताहरुले संविधान दिवसको विरोधमा सप्तरी जिल्लास्थित विभिन्न सरकारी कार्यालयहरुमा कालोझण्डा झुण्ड्याउनुका साथै विरोध प्रदर्शनसमेत गरेका छन् ।
यसैगरी, राजपाले मधेशका विभिन्न शहरहरुमा विरोधसभाको समेत आयोजना गरेको छ । सोहीअनुरुप राजविराजमा बृहत विरोध कार्यक्रम गर्ने तयारी गरेको छ । विरोध सभालाई प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
तपाईको प्रतिक्रिया