सरकार साम्यवादी शासन व्यवस्थातर्फ उन्मुख : उपनेता गच्छदार

राजनीति

9/26/2018

रुपन्देही, १० असोज । विधान संशोधनको तयारीमा रहेको नेपाली कांग्रेसले भैरहवामा साबिकको लुम्बिनी अञ्चलका ६ जिल्लाका नेताहरुसँग सुझाव संकलन सुरु गरेको छ ।

भैरहवास्थित कांग्रेस पार्टी कार्यालयमा सुरु भएको छलफल कार्यक्रम तथा भेलामा रुपन्देही, नवलपरासी, कपिलबस्तु, पाल्पा, गुल्मी, अर्घाखाँचीका सभापतीहरु, महासमिति तथा महाधिवेशन प्रतिनिधि,क्षेत्रीय सभापती, भातृ तथा सुभेक्छुक संघका सभापतिहरुको सहभागिता रहेको छ ।

सुझाव संकलन अघि आयोजित संक्षिप्त उदघाटन कार्यक्रममा कार्यक्रममा बोल्ने काग्रेस केन्द्रिय नेताहरुले पार्टी भित्रको गुट उपगुट अन्त्य गरी काँग्रेसलाइ बलियो बनाउन बिधान संसोधन लागीएको बताएका थिए । बाम गठबन्धनको सरकराले काँग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक सविधानको मुल मर्मलाइ अझै आत्मसाथ गर्न नसकेको भन्दै संविधान र लोकतन्त्रको रक्षाकालागि काँग्रेसलाइ बलियो बनाएर लैजानु पर्नेमा उनीहरुले जोड दिएका थिए ।

गमलामा रोपएको बिरुवामा पाली राखेर कार्यक्रमको उदघाटन गर्दै नेपाली काँग्रेसको संसदिय दलका उपनेता बिजय कुमार गच्छदारले बर्तमान सरकार साम्यबादी शासन व्यवस्था तर्फ उन्मुख हुन खोजेको आरोप लगाए । उनले बाम गठबन्दनको सरकारले पाँच बर्षलाइ मात्रै नभइ दशक बढी लामो शासन संचालन गर्ने सपना देखेको भन्दै त्यसलाइ काँग्रेसले डटेर सामना गर्नु पर्ने वताए । ‘बाम गठबन्दनले १०÷१५ बर्षे शासन सत्ता संचालन गरेर साम्यबाद तर्फ उन्मुख हुने योजना बनाएका छन । त्यसतर्फ काँग्रेस बेलैमा सचेत हुन जरुरी छ’ नेता गच्छदारले भने । बाम नेतृत्वको सरकारले लोकतान्त्रिक संविधानको मुल मर्मलाइ आत्मसात गर्न नसकेको आरोप लगाउदै संविधान र संघियता सफल बनाउन काँग्रेस बलियो बन्नु पर्ने र त्यसैकालागि बिधान संसोधन गर्न लागीएको वताए।

काँग्रेस संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बर्तमान निर्वाचन पद्यतीकै कारण पार्टीमा गुट उपगुटले जरा गाडेको भन्दै एकल संक्रमणिय पद्यतीमा जानुपर्नेमा जोड दिए। गुट उपगुटको अन्त्य गरी पार्टीलाइ एक ढिक्का बनाउदै बलियो बनाउन बिद्यान संसोधन गर्न लागीएको केन्द्रिय सदस्य खाँणको भनाई थियो।

काँग्रेसलाइ नेता प्रधान नभइ कार्यकर्ता प्रधान बनाउने गरी अगाडी बढनु पर्नेमा नेता खाँणको जोड थियो । केन्द्रिय बिधान संसोधन मस्यौदा समितिका सदस्य तथा प्रदेश ५ को सुझाव संकलन समितिका संयोजक केन्द्रिय सदस्य रमेश लेखक, अर्का केन्द्रिय सदस्य दिपक गिरी, केन्द्रिय सदस्य अत्तहर कमाल मुसलमानले पार्टीलाइ बलियो बनाएर नेता कार्यकर्ता सबैलाइ न्याय हुनेगरी बिद्यान संसोधन गर्न सुझाव संकलन थालिएको बताए ।

काँग्रेसका नेता तथा सार्वजनिक लेखा समितिका सभापती भरतकुमार शाह,रुपन्देहीका जिल्ला सभापती अब्दुल रज्जाक, अमरसिंह गुरुङ लगायतले बोल्दै लोकतान्त्रिक पद्धति र मुल्यमान्यताका आधारमा काँग्रेसलाइ बलियो बनाउदै सबै नेता कार्यकर्ताको अपनत्व हुने गरी बिद्यान संसोधनको सुझाव राख्न आग्रह पनि गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ