सर्लाहीमा नेकपा र कांग्रेसबीच झडप, गोली लागेर कांग्रेसका कार्यकर्ताको मृत्यु

राजनीति

10/30/2018

काठमाडौं, १३ कार्तिक । सर्लाहीमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले चलाएको गोली लागेर नेपाली कांग्रेसका कार्यकर्ताको मृत्यु भएको छ ।

नेकपा र कांग्रेसबीच मंगलबार बिहान भएको झडपबाट नेकपाका कार्यकर्ताले गोली चलाउँदा सर्लाही निर्वाचन क्षेत्र नं. ४ (क)को रामनगर–४ का ६५ वर्षीय विलास महतोको मृत्यु भएको हो ।

नेकपाका नेताहरुले दादागिरी गर्न थालेको र रामनगर गाउँपालिका–४ का वडाअध्यक्ष रामनरेश महतोमाथि सोमबार आक्रमण गरी घाइतेसमेत बनाएका थिए ।

वडाअध्यक्ष रामनरेशका काका हुन् मृतक विलास महतो । नेकपाका कार्यकर्ताहरु झुण्डमा आएर जथाभावी आक्रमण गर्न थालेको प्रदेश २ का नेपाली कांग्रेसका प्रदेशसभा सदस्य उपेन्द्र कुशवाहाले मधेशवाणीलाई बताएका छन् ।

घटनास्थलमा अहिलेसम्म प्रहरी प्रशासन पुगेको छैन । कांग्रेसका नेता कार्यकर्ताहरुले गोली चलाउनेमाथि कारबाहीको माग गर्दै शव उठाएका छैनन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ