संविधानमा देखिएको त्रुटिको अपजस कांग्रेसले लिनुपर्छ : त्रिपाठी

राजनीति

11/17/2019

नवलपरासी पश्चिम, ३० कार्तिक । पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले संविधान आफ्नै पालामा जारी भएको भन्दै काङ्ग्रेसले जस लिने गरेको बताउदै संविधानमा देखिएको त्रुटिको अपजस पनि लिनुपर्ने बताएका छन् ।

कुबेर बचत तथा ऋण सहकारी संस्था सरावल गाउँपालिका ६ भुजहवाको ५ औं वार्षिक साधारणसभामा शुक्रबार शुभकामना मन्तव्य राख्दै त्रिपाठीले यस्तो बताएका हुन् ।

स्वतन्त्र राजनितिक समुहका संयोजक समेत रहेका त्रिपाठीले संविधान आफ्नो नेतृत्वमा जारी भयो भनेर गर्व नेपाली कांग्रेस गरेकोमा संविधानमा ८८ ठाउँमा त्रुटी देश भरिका जनताको साथ विभेद भएको विभेदपुर्ण रहेको दाबी गरे ।

नागरिकताको बिषयमा संविधानमा राखिएको प्रावधान विभेद पूर्ण रहेको बताउदै जन्मको आधारमा प्राप्त गरेको व्यक्तिको सन्तानले स्वयं वंशजको हकदार छन तर त्यसलाई कार्यन्यवन नभएकोमा गुनासो गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ