संविधान संंशोधन नभएसम्म सरकारमा जाँदैनौं : राजेन्द्र महतो

‘फोरमसँग एकताको सम्भावना छैन’

राजनीति

12/11/2018

विराटनगर, २५ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म सरकारमा नजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सरकारमा जान पूर्वसंयोजक महन्थ ठाकुर बाधक बनेकोले संयोजकबाट हटाइएको आरोप लागिरहँदा नवनियुक्त संयोजकले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

विराटनगरमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान संशोधन नभएसम्म सरकारमा सहभागी हुने सम्भावना नरहेको स्पष्ट गरेका हुन् । ‘‘सरकारलाई दिएको समर्थनको बारेमा अब बस्ने पार्टीको बैठकमा गम्भीर छलफल हुनेछ’’ संयोजक महतोले भने ।

उनले गुण र दोषको आधारमा सरकारलाई समर्थन गरिने समेत बताए । सरकार गठन भएको एकवर्ष पुग्न लाग्दा पनि आफूहरुको मागप्रति सरकार उदासीन देखिएको उनको गुनासो छ ।

उनले रेशम चौधरीलगायत मधेश आन्दोलनमा पक्राउ परेका बन्दीको रिहाइ गर्न उनले सरकारसँग आग्रह गरेका हुन् । उनले सङ्घीय समाजवादी फोरम र राजपाबीच एकताको सम्भावना नरहेको प्रष्ट पारे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ