काठमाडौं, १३ कार्तिक । प्रधानमन्त्री के.पी. शर्मा ओलीको स्वास्थ्यस्थितिलाई मध्यनजर गर्दै शिक्षण अस्पतालले प्रधानमन्त्रीसँगको भेटघाटमा रोक लगाएको छ ।
धेरै व्यक्तिसँगको सम्पर्कले संक्रमण बढ्न सक्ने बताउँदै अस्पतालले उनीसँगको भेटघाटमा रोक लगाएको हो । मंगलबार दिउँसो अस्पतालले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई स्वास्थ्यलाभ गराउनु आफुहरुको पहिलो प्राथमिकता रहेको बताएको छ ।
विज्ञप्तीमा भनिएको छ,– ‘सम्माननीयज्यूको शीघ्र स्वास्थ्यलाभ गराउनु अस्पतालको पहिलो प्राथमिकताभएकोले चिकित्सकीय रायअनुसार भेटघाटलाई प्रतिबन्ध गरिएको व्योहोरा सम्बन्धित सबैमा अनुरोध गर्दछौं ।’
प्रधानमन्त्री ओली कात्तिक १२ गतेदेखि शिक्षण अस्पतालमा उपचाररत छन् ।
तपाईको प्रतिक्रिया