स्वास्थ्य सेवालाई सीमाले छेक्नु हुँदैन : घिमिरे

राजनीति

12/1/2018

विराटनगर, १४ मंसिर । आ“खा, कान तथा पुनस्र्थापना वर्तमान स्थिति र भविष्यका रणनीति सम्वन्धी एक दिने कार्य शाला गोष्टीलाई उद्घाटन गर्दै प्रमुख अतिथी सामाजिक विकासमन्त्री जीवन घिमिरेले स्वास्थ्य सेवालाई कुनै पनि देशको सीमाले छेक्नु हु“दैन बताएका छन् ।

सोही अवसरमा घिमिरेले भने विराटनगर आ“खा अस्पतालले दिएको सेबाबाट ६० प्रतिशत जनता भारतको लाभान्वित भएकोले यसवाट प्रष्ट हुन्छ नेपालसंग सामार्थ र क्षमता दुवै छ । आ“खा अस्पताल नाम राखेपनि कानको समेत उपचार भएकोले त्यसको समेत प्रचार प्रसार हुनु पर्ने नेपाली आंखा कान रोगीहरुलाई अस्पताल सम्म पु¥र्यान प्रदेश सरकार सहयोग गर्न तयार रहेका वताए ।

त्यसै गरी विराटनगर महानगर पालिकाका उपमेयर इन्दिरा कार्कीले भने विराटनगर महानगर पालिकामा निर्वाचित भएर आएपछि विराटनगरलाई मोतिया विन्दु मुक्त पार्ने घोषणा गरि सकेकोले त्यसमा आंखा अस्पतालले सहयोग गर्नु पर्ने त्यसको लागि महानगर पालिकाले हरेक किसिमको सहयोग गर्न तयार रहेको वताए ।

उद्घाटन सत्र समापन पछि उक्त कार्यक्रममा सहभागी हुन आएका सुनसरी मोरंग जिल्लाका स्थानीय निकायका मेयर, उपमेयर, कार्यकारी अधिकृत र स्वास्थ्य कार्यालयको प्रमुखहरुलाई डा. सजय कुमार सिंह, डा. रक्षा पन्त, डा. ललित अग्रवाल, डा. रविन आर्चाय –कान विभाग), सुधिर ठाकुर र पंकज राय अधिकारीले नेपालमा आंखा र खानको अवस्थावारे जानकारी गराएका थिए ।

नेपालमा अझ आंखा र कानको उपचारलाई प्रभावकारी वनाउनका लागि स्थानीयतहको सहभागीता वढाउन मुख्य उदेश्य लिएर प्रदश सरकार समाजिक विकास मन्त्रालय प्रदेश नं. १ विराटनगर र नेपाल नेत्र ज्योति संघ पूर्वाञ्चल क्षेत्रिय आंखा उपचार कार्यक्रम विराटनगर आंखा अस्पताल रानीको आयोजनामा भएको भएको थियो ।

सो गोष्ठीका अध्यक्ष पद्म नारायण चौधरीले चौधरी आंखा अस्पताल लहानवाट शुरुवात भएको हो त्यसैको विस्तारीत रुपमा विराटनगर आंखा अस्पताल भएको सवैले बुझुनु पर्छ ।

संयोगले दुवै अस्पताल दुईटा प्रदेशमा परेकोले स्वास्थ्य संस्थालाई भाग वण्डा नगर्न आग्रह गर्दै दुवै एकअर्काको पुरक भएको वताउंदै मोतिया विन्दुलाई निर्मुल गर्न र मोतिया विन्दु र कानको रोगीलाई अस्पताल सम्म पु¥याउन स्थानीय तहले भूमिका खेल्नु पर्ने भन्दै गोष्ठी समापन गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ