संशोधनबिना संविधान स्वीकार्य हुँदैन : मुख्यमन्त्री राउत

राजनीति

9/21/2018

जनकपुरधाम, ५ असोज । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले संशोधन विना संविधान स्वीकार्य हुन नसक्ने बताएका छन् ।

सप्तरीको कंचनरुप नगरपालिकामा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्रुटीपूर्ण संविधानको संशोधन आवश्यक रहेको बताए ।

संविधान संशोधनका लागि संघर्ष जारी छ, उनले भने, ‘सबैले आ आफ्नो ठाउँबाट संघर्षलाई अगाडी बढाउनुपर्छ ।’
संघर्ष विना अधिकार सुनिश्चित हुन सक्दैन, उनले भने, ‘अधिकारका लागि संघर्षलाई निरन्तरता दिनुपर्छ ।’

हरेक परिवर्तनमा तराई मधेशको जनताको भूमिका अहम रहेको बताउँदै उनले अधिकारका लागि संघर्ष जारी राख्न आह्वान गरे ।

संघीय समाजवादी फोरम, नेपालकै नेतृत्वमा मुलुकमा संघीयता आएको दावी गर्दै उनले यसलाई संस्थागत गर्ने जिम्मेवारी लिएर अघि बढनुपर्नेमा जोड दिए ।

फोरमका गाउँ इकाई कमिटी अध्यक्ष सुदम्बर यादवको अध्यक्षतामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा सप्तरी जिल्लाका नेता तथा कार्यकर्ताहरुले आ–आफ्नो गुनासो राखेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ