सांसद् रेशमलाल चौधरीको शपथ ग्रहण हुँदै

राजनीति

1/3/2019

काठमाडौं, १९ पुस । कैलाली निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीको शपथ ग्रहण हुँदैछ ।

मधेश/थरुहट आन्दोलनको बेला भएको टीकापुर घटनाका मुख्य अभियुक्तको अभियोगमा पुर्पक्षका लागि सांसद चौधरी थुनामा रहेका छन् । सांसद् रेशम चौधरीले आज सपथ लिने भएका छन् ।

सांसद चौधरीको शपथ ग्रहण कार्यक्रम बिहान साढे ११ बजे तोकिएको थियो । तर, संसद बैठक पनि रहेको दिउँसो ३ बजे चौधरीलाई संसद् भवनमा पद तथा गोपनीयताको सपथ दिलाउने स्रोतले जनाएको छ ।

चुनाव जितेपछि उनले प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । तर, सर्वोच्चले रिट खारेज गरेपछि उनले अदालतमा आत्मसमर्पण गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ