कैलाली, २२ फागुन । कैलाली निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट अत्यधिक मतबाट निर्वाचित रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।
मधेश–थरुहट आन्दोलनको क्रममा भएको टीकापुर घटनाको मुख्य योजनाको अभियोग लागेका चौधरीसहित ११ जनालाई जिल्ला अदालत कैलालीले बुधबार जन्मकैदको फैसला सुनाएको हो ।
उच्च सुरक्षा अधिकारीसहित नौ जनाको हत्या भएको टीकापुर घटनामा जिल्ला अदालत कैलालीले रेशम चौधरीसहित ११ जनालाई जन्मकैद फैसला गरेको छ ।
जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासले यस्तो फैसला गरेको हो । यस्तै उक्त घटनामा ३ जनाले सफाइ पाएका छन् । अन्य १२ जना ३ वर्ष कैदको सजायपछि छुट्नेछन् ।
जिल्ला अदालतले लक्षण थारुसहित १२ जना प्रतिवादीलाई तीन वर्ष कैद सजाय सुनाएको छ ।
लक्षणसँगै लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तराम चौधरी, विश्राम भन्ने जीतबहादुर डगौरा, प्रेमबहादुर चौधरी, किशानलाल चौधरी, दिलबहादुर चौधरी, संगम भन्ने सन्तोष थारु चौधरी, विश्राम चौधरी, चुन्कीराम चौधरी र रामप्रसाद चौधरीलाई यो सजाय सुनाइएको हो ।
१२ जना मध्ये ११ जना आजै थुनामुक्त हुनेछन् भने चुन्नीराम ३० गते थुनामुक्त हुनेछन् ।
तपाईको प्रतिक्रिया