सिंहदरबारमा अहिले फ्याउराहरु छन्, अब हामी सिंह बनेर प्रवेश गर्छौं : वरिष्ठ नेता राई

राजनीति

5/6/2019

काठमाडौं, २३ बैशाख । नवगठित समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राईले सिंहदरबार सिंहका रहेको बताएका छन् ।

सोमबार समाजवादी पार्टी नेपाल घोषणा समारोहलाई सम्बोधन गर्दै वरिष्ठ नेता राईले व्यंगात्मक शैलीमा भने, ‘सिंहदरबार सिंहहरुका लागि मात्र हो, तर आजभोली हेर्दा फ्याउराहरु कराइरहेका हुन्छन् ।’

उनले आफूहरु वास्तविक सिंह रहेको जिकिर गर्दै अहिले डमरुको रुपमा रहेको र आगामी निर्वाचन फ्याउराहरुलाई लखेट्ने दाबी गरेका छन् ।

नेपालका उत्पीडित र उपेक्षितहरुलाई गोलबन्द गरी वैकल्पिक शक्ति निर्माणको अभियानमा आफूहरु लागिसकेको जिकिर वरिष्ठ नेता राईले गरेका छन् । मधेशी, आदिवासी जनजाति, मुस्लिम, दलित, महिलाहरुको साझा मञ्चको रुपमा समाजवादी पार्टीले अभियान सुरु गरेको उनको दाबी छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ