हिन्दू परिषद् ४० जिल्लामा विस्तार

राजनीति

10/30/2018

वीरगंज, १३ कार्तिक । हिन्दू राष्ट्रको निम्ति सघर्षरत हिन्दू परिषद् नेपाल ४० जिल्लामा आफ्नो शाखा एवं संगठन विस्तार गरिसकेको परिषद्का राष्ट्रिय अध्यक्ष संतोष पटेलले बताएका छन् ।

पत्रकारहरुसँग कुराकानी गर्दै परिषद्ले संगठन विस्तारको कार्यलाई तीव्रता दिएको छ । शासन व्यवस्था जे होस् नेपाल पुनः हिन्दू राष्ट्र हुनु पर्छ भन्ने मूल मान्यताको साथ संगठन विस्तार कार्यमा नेपाली जनताको पूर्ण रुपमा साथ पाइरहेको बताउँदै हिन्दू राष्ट्रका निम्ति नेताहरुले जनतालाई ठगेकोमा जनतामा व्यापक विद्रोह रहेको बताएका हुन् ।

देशमा हिन्दू राष्ट्रको निम्ति माहोल बनी रहेकोमा आफ्नो इज्जत र स्वाभिमानका लागि साथ दिन सम्पूर्ण नेपाली जनतासँग पटेलले आग्रह गरेका छन् ।

परिषद्ले मुख्य रुपमा समृद्ध हिन्दू समृद्ध नेपाल अभियान, पाँच वर्षमा पचीस लाख नेपाली सदस्य बनाउने महाअभियान २०७५, धार्मिक एंव सामाजिक जागरण अभियान, जातीय छुवाछुत र विभेद अन्त्य गरौं महाअभियान संचालन गरेको छ ।

पटेलले नेपाल सरकार एवं प्रदेश सरकार लाई ध्यानाकर्षण गराउदै हलका दिनमा नेपालमा हिन्दू बिरोधी गतिविधि तेज भएकोले त्यसतर्फ ध्यान दिन आग्रह गर्दै धर्म निरपेक्षको नाममा जे पाए त्यो कार्य गरे परिषद्लाई मान्य नहुने समेत चेताउनी दिएका छन् ।

‘नेपालमा हिन्दूहरु माथि गैरहिन्दूहरुको आक्रमण हुनु र राज्य चुप लागेर बस्नु आफैमा एक गम्भीर प्रशन हो । नेपाल हिन्दू राष्ट्र नभएसम्म यस्ता अन्याय र अतयाचारको घटना दिन प्रति दिन बढ्दै जान्छ त्यसकारण नेपालीलाई पुनः हिन्दू राष्ट्र बनाए मात्र समृद्ध नेपाल हुने’ पटेलले बताए ।

छठपछि परिषद्ले मेची महाकाली हिन्दू जागरण अभियान नै संचालन गर्ने र धर्म परिवर्तन गराउने व्यक्ति होस् वा समूह त्यसलाई कालो मोसो दलि प्रशासनलाई बुझाउन परिषद्सँग आबद्ध सम्पूर्ण साथीहरु एवं आम नेपालीसँग पटेलले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ