जनकपुरधाम, २५ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका पूर्वसंयोजक तथा नेता महन्थ ठाकुरले आफू मुद्दाबाट पछाडि नहटेको बताएका छन् ।
जनकपुरधाममा मंगलबार आयोजित एक कार्यक्रममा सम्बाोधन गर्दै अध्यक्षमण्डलका नेता ठाकुरले सो कुरा बताएका हुन् ।
उनले सरकार आफूहरुको मागप्रति अनभिज्ञता देखाइरहेको आरोपसमेत लगाएका छन् । मधेश आन्दोलनका क्रममा प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीसहित करिब १२ सय नेता कार्यकर्ताहरु राजबन्दी रहेको उनले जिकिर गरे ।
संविधान संशोधन लगायतका मुद्दाहरु जसरी पनि यो सरकारबाट सम्बोधन गराएरै छाड्ने ठाकुरले उद्घोष गरेका छन् । सरकारको कामकारबाही सन्तोषजनक नरहेको उल्लेख गरे ।
उनले संघीय सरकारले प्रदेश र स्थानीय तहलाई दिनुपर्ने अधिकार दिन नचाहेको आरोप लगाए । ‘संघीय सरकारको एकात्मक शासनको प्रवृत्ति अहिले पनि यथावत् नै रहेको छ ।’ ठाकुरले भने ।
तपाईको प्रतिक्रिया