हामी मधेशी आफैँ फरकफरक पार्टीमा रहेर हकअधिकारबाट बञ्चित भएका छौँ : मुख्यमन्त्री राउत

राजनीति

12/5/2018

कपिलवस्तु, १९ मंसिर । प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले सबै मधेशी एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

सबै मधेशी एक ठाउँमा भएपछि मधेशीका हकअधिकार सुनिश्चित हुने बताएका हुन् । कपिलवस्तुको कृष्णनगरमा आयोजित सङ्घीय समाजवादी फोरम नेपालको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

उनले भने, “एमाले, माओवादी केन्द्र एकीकरण गरी एक ठाउँमा उभिएका छन् तर हामी मधेशी आफैँ फरकफरक पार्टीमा रहेर हकअधिकारबाट बञ्चित भएका छौँ ।” मधेशमा नागरिकता जस्ता महत्वपूर्ण हकअधिकार प्राप्तिका लागि एक भएर अघि बढ्नुपर्नेमा उनको जोड थियो ।

सो कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता अकिल मिया, फोरम नेपालका केन्द्रीय सदस्य रामवरन यादव, प्रदेश नं ५ का अध्यक्ष अशोक यादव, प्रदेश नं ५ का मुख्य सचिव डा रसिद खानलगायतले मधेशी र मधेशको हकअधिकारका बारेमा बोल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ