नेकपा प्रदेश २ को भेला स्थगित

राजनीति

2/22/2020

जनकपुरधाम, १० फागुन । सत्तारुढ नेकपाले आयोजना गर्ने तयारी रहेको प्रदेश २ को कार्यकर्ता भेला कार्यक्रम स्थगित भएको छ । पार्टीका दुवै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओली काठमाडौंमै व्यस्त भएपछि प्रदेश २ आयोजना हुने भनिएको कार्यक्रम स्थगित भएको हो ।

नेकपा केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालका अनुसार २० र २१ फागुनमा प्रदेश १ मा कार्यक्रम रहेको छ र यो सकेपछि मात्र प्रदेश २ मा कार्यक्रम हुनेछ ।

प्रदेश २ मा शुक्रबार नै कार्यक्रम गर्नका लागि पार्टी कार्यालयका तर्फबाट त्यहाँका नेतालाई आफूले नै जानकारी गराइसकेको पनि रिजालले बताए । प्रदेश इन्चार्ज सत्यनारायण मण्डल र नेकपा केन्द्रीय सदस्य प्रभु शाहलाई कार्यक्रमको सबै तयारी पुरा गर्न नेकपाले निर्देशन दिइसकेको थियो ।

नेकपाले यसअघि ४ फागुनमा प्रदेश ५ को कोहलपुरमा र ७ फागुनमा कर्णाली प्रदेशमा कार्यकर्ता भेला, बैठक र प्रशीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ