लोसपाले मधेशको मुद्दा लिएर अगाडि बढेकोले भविष्यमा सफल हुने : सांसद चन्द्रकान्त चौधरी 

राजनीति

सप्तरी, २९ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मधेशको मुद्दा लिएर अगाडि बढ्न सहभागीहरूले सुझाव दिएका छन् ।

शुक्रबार लोसपा सप्तरी राजगढ गाउँपालिकाद्वारा आयोजित शुभकामना आदान प्रदान तथा सदस्यता वितरण कार्यक्रममा सहभागीहरूले सो कुरा बताएका हुन् ।

उक्त अवसरमा प्रमुख अतिथि संघीय सांसद चन्द्रकान्त चौधरीले लोसपाप्रति जनताको आकर्षण बढेको बताउँदै जसपाबाट अलग भएर नयाँ पार्टी बनाए पनि जनताको अपार समर्थन र झुुकाव रहेको बताएका छन् ।

उनले भने, ‘लोसपाले एउटा उद्देश्य लिएर हिंडेको पार्टीले मधेशीको पहिचान, अधिकारसँगै सबै वर्गको उद्देश्यले पूरा गर्न लोसपाले मात्र गर्ने भएकोले सही बाटोमा लाग्नुपर्ने हुन्छ ।’

सांसद चौधरीले स्थानीय, प्रदेश, संघको चुनावमा जनताले सही बाटोमा लाग्नुपर्ने बताउँदै जसका कारण सबैको अधिकारको सुनिश्चिता गर्न सहयोग पुग्ने बताए ।

उनले भने लोसपाले जनताको मुद्दा लिएर अगाडि बढी रहेकोमा जनताले सन्तोष प्रकट गरेको बताए ।

यसैगरी राजगढ गाउँपालिका वडा २ स्थित बनैनियामा लोसपा केन्द्रीय कार्यकारणी समिति सदस्य पुष्पा ठाकुरले दशैको अवसरमा शुभकामना आदाप्रदानसँगै दर्जनौलाई सदस्यता वितरण गरी पार्टीमा भित्र्याएकी छन् ।

ठाकुरले जसपा सत्ताको राजनीतिमा लागि सकेको बताउँदै लोसपा मुद्दाको राजनीतिकमा कायम रहेको धारणाहरु आइरहेकोले जनताले लोसपालाई मधेशको मुद्दालाई लिएर अगाडि बढ्ने बताइन् ।

लोसपा नेता मुसहरू यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा लोसपा नेता राजेन्द्र प्रसाद यादब राजाबाबु, लोसपा नेता गजेन्द्र मण्डल, लोसपा सप्तरी अध्यक्ष सुनिल झा, अमरनाथ मण्डल, लोसपा राजगढ गाउपालिका नेता मुसहरू यादब, राजगढ गापा २ का वडा अध्यक्ष ललित नारायण सिँह लगायतले शुभकामना मन्तब्य  ब्यक्त गरेका थिए ।

यता सोही अवसरमा बनैनिया, नर्घाे सहितका विभिन्न पार्टी परित्याग गरी लोसपा पार्टीमा प्रवेश गरेका छन् भने नवप्रवेषीहरूलाई संघीय संसद तथा लोसपा केन्द्रीय कार्यकारणी समिति सदस्य चन्द्रकान्त चौधरी तथा केन्द्रिय कार्यकारणी समिति सदस्य पुष्पा ठाकुर लगायतले फुलमाला, अबिर लगाई पार्टीमा स्वागत गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ