लोसपा नेता मिश्र चुनावी तयारीमा

राजनीति

काठमाडौं, २२ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका युवानेता मनिष कुमार मिश्र आगामी चुनावलाई केन्द्रित गर्दै तीव्र तयारीमा जुटेका छन् ।

विद्यार्थी राजनीतिबाट सुरु गरेको राजनीतिक यात्रा उनको निकै नै सफल र सुखद रह्यो । उनी राष्ट्रिय राजनीतिमा पनि राम्रै छवि बनाएका छन् । हरेक विद्यार्थी आन्दोलनमा अहम् भूमिका निर्वाह गर्दै आएका नेता मिश्र अब राष्ट्रिय राजनीति गर्ने अठोटका साथ लागेका छन् ।

सर्लाही निर्वाचन क्षेत्र नं. ४ (क) रामनगर गाउँपालिकाका मिश्रले आगामी निर्वाचनमा प्रदेशसभा सदस्य अथवा स्थानीय तहको प्रतिनिधिका लागि आफ्नो उम्मेद्वारी दिने तयारी गरिरहेका छन् ।

उनी भन्छन्, ‘प्रतिनिधिसभा, प्रदेशसभा अथवा रामनगर गाउँपालिकाको अध्यक्षमध्ये कुनैमा पनि चुनाव लड्न तयार छु । यहाँबाट मलाई जनसमर्थन पनि प्राप्त छ । तर, पार्टीले मलाई जुन ठाउँमा टिकट दिन्छ त्यसका लागि म तयार छु ।’

यसअघिको प्रदेशसभा चुनावमा मिश्र तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट समानुपातिक प्रदेशसभा सदस्यको उम्मेद्वार बनेका थिए । आफ्नो क्षेत्र उनी महजबुत पकड बनाउनुका साथै विभिन्न उल्लेखनीय कार्यहरुसमेत गरेका छन् ।

स्थानीय जनताका बीच उनी निकै चर्चित र लोकप्रिय नेताका रुपमा पनि चिनिन्छन् । उनले विभिन्न सामाजिक कार्यहरु गर्दै जनतामाझ लोकप्रियता कमाएका हुन् ।

स्थानीयहरुले उनलाई जनप्रतिनिधिको रुपमा हेर्न चाहेको बताइन्छ । स्थानीय जनताको हरेक सुखदुखमा उनी जहिले पनि उभिरहेका हुन्छन् । त्यहाँका प्रदेश सांसद अथवा गाउँपालिका अध्यक्षभन्दा बढी काम गरेको स्थानीयहरु बताउँछन् ।

उनलाई प्राप्त जनसमर्थनबाट हौसिएर अब जनताको सेवा गर्नका लागि चुनावबाट जितेर त्यहाँका हरेक समस्या समाधान गर्न लागिपर्ने उनी बताउँछन् । उनी भन्छन्, ‘पार्टी नेतृत्वले यदि मलाई मौका दियो भने म निराश गर्ने छैन ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ