जनकपुरधाम, २३ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता तथा पूर्वमन्त्री उमाशंकर अरगरियाले उपेन्द्र यादवले मधेशको मिशनलाई कमिशनसँग साटेको आरोप लगाएका छन् ।
लोसपाले धनुषाको क्षेत्र नम्बर २ अन्तर्गत शहीद नगरपालिकाको यदुकोहामा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
‘मधेशको मिसनलाई कमिसनमा नबदलिएको भए, अहिले मधेशले अधिकार पाइसक्थ्यो’ उनले भने, ‘मिसनलाई कमिसनसँग साट्ने नेता उहीं हुन् ।’
मिसनलाई कमिसनमा बदलेर मधेशको भोंट पहाडमा बेच्ने नेता पनि उहीं रहेको अरगरियाले बताए ।
मधेशको नाममा राजनीति गरेपनि उपेन्द्रले आफ्नो स्वार्थ मात्रै सिद्धी गरिरहेका कारण अबको चुनावमा उनको पार्टीको यस क्षेत्रमा जमानत जफ्त हुने अरगरियाले बताए ।
तपाईको प्रतिक्रिया