केपी ओली पुनः एमाले अध्यक्षमा विजयी, भीम रावलले पाए २२३ मत

राजनीति

चितवन, १४ मंसिर । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा केपी शर्मा ओलीे विजयी भएका छन् ।

डा.भीम रावललाई १५ सय ८५ मतले पराजित ओली दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् । ओलीले १८ सय ८ मत ल्याउँदा रावलले २ सय २३ मत प्राप्त गरेको हुन ।

मंगलबार विहान ४ बजेदेखि विहान ११ बजेसम्म भएको मतदानमा २१ सय ५३ मतदातामध्ये २१ सय १४ मत खसेको थियो ।

मंसिर १० गतेदेखि सुरु भएको महाधिवेशनको बन्दसत्रले सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै विधान नै संसोधन गरेको थियो । संसोधित विधान अनुसार केन्द्रीय कमिटी ३ सय १ सदस्यीय बनाइएको छ ।

तर अध्यक्ष, उपाध्यक्ष र सचिवसहित केही केन्द्रीय सदस्य पदमा सर्वसम्मत नभएपछि मतदान गरिएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ