काठमाडौं, १४ मंसिर । नेकपा (एमाले)को १०औं महाधिवेशनबाट सचिव पदमा निर्वाचित रघुवीर महासेठले आफूले गरेको प्रतिबद्धताअनुसार पार्टीलाई अगाडि बढाउन पर्यत्न गर्ने बताएका छन् ।
महासेठ १५१३ मतसहित सचिवमा निर्वाचित भएका हुन् । उनले ‘एकताको दसौँ राष्ट्रिय महाधिवेसन बाट मलाई हाम्रो गौरवशाली पार्टी नेकपा एमालेको सचिवमा अमूल्य मतदान गरि विजयी गराउनु हुने सबै आदरणीय प्रतिनिधिहरू प्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु’, भनेका छन् ।
साथै उनले सचिव पदमा प्रस्ताव गर्ने अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिँदै उम्मेदवार हुँदै गर्दा आफूले गरेको प्रतिबद्धताबमोजिम नेकपा एमालेलाई अघि बढाउने आफ्नो तर्फबाट भरमग्दुर प्रयत्न गर्ने बताएका हुन् ।
उनले केपी ओलीको नेतृत्वमा नेकपा एमाले फेरि यो देशको लोकप्रिय पार्टी बन्ने विश्वास दिलाउँदै महाधिवेशन सफल पार्न अहोरात्र लाग्ने देशभरका नेता तथा कार्यकर्तालाई धन्यवाद ज्ञापन समेत गरेका छन् ।
तपाईको प्रतिक्रिया