कांग्रेसको लुम्बिनी प्रदेश महामन्त्रीमा आचार्यको उम्मेद्वारी 

राजनीति

कपिलवस्तु, १४ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशन कार्यक्रमअन्तर्गत लुम्बिनी प्रदेश महामन्त्रीको पदमा सुरेन्द्रराज आचार्यले उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

तौलिहवामा आयोजित कार्यक्रममा आचार्यले आसन्न प्रदेश महामन्त्रीमा आफूले उम्मेद्वारी दिने जानकारी गराएका हुन् । २ पटकसम्म कपिलवस्तु जिल्लाको सभापतिको जिम्मेवारीसमेत आर्चायले सम्हालिसकेका छन् । 

उनी पूर्वसिंचाइ राज्यमन्त्रीसमेत हुन् । १२ वटा जिल्लाका पार्टीका कार्यकर्ताहरुलाई सहयोग तथा एकजुट बनाइ पार्टीलाई एकताबद्ध बनाइ काम गर्नका लागि आफ्नो उम्मेदरी दिने बताए । 

प्रदेशका सबै जिल्लामा पुगेर संगठन निर्माण गर्न तथा आसन्न तीनवटै तहको निर्वाचनमा प्रदेशमा नेपाली कांगे्रसलाई पहिलो पार्टी बनाउन आफूले महामन्त्री बन्न लागेको बताए । 

कपिलवस्तुमा पार्टी सभापति हुँदा विभिन्न जिल्ला तथा केन्द्रमा हुने आन्दोलनमा अग्रपंक्तिमा काम गर्दै आचार्यले अब सम्रग प्रदेशको विकास र पार्टीलाई क्रियाशील बनाउने बताए । 

जिल्ला सभापति हुँदा कपिलवस्तुमा पार्टी कार्यालय निर्माण, स्थानीय तहको निर्वाचमा धेरै स्थानीय तहमा पार्टीका उम्मेद्वारलाई विजयी बनाउने तथा जिल्ला समन्वय समितिमा सबै कांगे्रसका उम्मेद्वारलाई निर्वाचित बनाउन आचार्य सफल भएका थिए । 

प्रदेशमा रहेका १२ वटै जिल्लामा घुम्दा कार्यकर्ताहरुले संगठनमा बसेर काम गर्न आग्रह गरेको कारण आफूले उम्मेद्वारी दिन लागेकोसमेत आचार्यले बताए । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ