जसपा मधेश प्रदेश समितिमा रामबाबु

राजनीति

जनकपुरधाम, १५ मंसिर । जनता समाजवादी पार्टी नेपालको मधेश प्रदेश समितिमा नयाँ नेतृत्वसहितको पदाधिकारी चयन भएको छ । मधेश प्रदेश समितिको अध्यक्षमा प्रतिनिधिसभा सदस्य रामबाबु कुमार यादवलाई चयन गरिएको हो ।

बुधबार बसेको मधेश परिषद्को बैठकले रामबाबुको अध्यक्षतामा ११ पदाधिकारीहरु चयन गरिएको छ भने चार जना पदाधिकारी प्रदेश समितिले नै चयन गरी १५ पदाधिकारी कायम गरिने जनाइएको छ ।

मधेश प्रदेश समितिका उपाध्यक्षहरु रामप्रित पासवान, शम्भु झा, शेषनारायण यादव, बृजमोहन तिवारी र रामसेवक यादव रहेका छन् ।

यस्तै, मुख्यसचिव दिनेश कुमार यादव, सचिवत्रय युसुफ अलि, निरा साह र शैलेश कुमार साह र कोषाध्यक्षमा रेणु यादव चयन भएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ