काठमाडौं, ११ पुस । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिलकुमार झाले आफूहरुले माओवादीलाई कहिल्यै आतंककारी पार्टीको रूपमा व्याख्या नगरेको बताएका छन् ।
आइतबार काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले माओवादीले उत्पीडित, शोषित मधेसी, दलितलगायत समुदायका मुद्दाहरु बोकेकाले आतंककारी नभनिएको बताए ।
वर्तमान संविधानमा सबै थोक भए पनि केही नभएको उनको तर्क थियो । मुलुकमा संघीयता आए पनि उपलब्धिउन्मुख नभएको उनले बताए । उनले भने, ‘जहाँ सबैथोक हुन्छ, त्यहाँ केही पनि हुँदैन ।’
उनले संघीयता आए पनि कस्तो संघीयता आयो भन्ने अझै थाहा हुन नसकेको बताए । झाले अगाडि भने, ‘संविधान बनेको ५ वर्ष भइसक्यो तर त्यही एजेण्डाको विषयमा छलफल भएन जसका लागि तपाईहरुले जनयुद्ध गर्नुभयो र हामीले शान्तिपूर्ण आन्दोलन गर्यौं ।’
तपाईको प्रतिक्रिया