रेशम चौधरीले पार्टी दर्ता गराउने

राजनीति

काठमाडौं, १२ पुस । निलम्बित सांसद रेशमलाल चौधरीले नयाँ दल दर्ता गर्ने भएका छन् । उनले पुष १९ गते नागरिक समाजवादी पार्टी नामक नयाँ दल दर्ता गर्न लागेका हुन् ।

पार्टीको चुनाव चिन्ह ढकिया राखिएको छ । चौधरी अहिले कर्तव्य ज्यान मुद्दामा डिल्लीबजार कारागारमा छन् ।

थरूहट क्षेत्रलाई आधारभूमि बनाएर चौधरीले नयाँ दल दर्ता गर्ने तयारी गरेका हुन् ।

२०१ जनाको केन्द्रीय सदस्य रहने गरी निर्वाचन आयोगमा दल दर्ता गर्न लागिएको हो । दलमा थारु र पहाडीहरु सबैलाई समावेशी गरिने जनाईएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ