जनताको सेवा गर्न यो मेरो लागि अन्तिम अवसर र चुनौति पनि हो : प्रचण्ड

राजनीति

काठमाडौं, २० पुस । आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठकबाट अध्यक्षमा चयन भएपछि प्रचण्डले प्राप्त अवसरलाई देश र जनताको सेवामा समर्पित गर्ने बताएका छन् । 

उनले नेपाली र नेपाली जनताको सेवा गर्ने अवसर भएको भन्दै, ‘मेरो काँधमा ठूलो जिम्मेवारी आएको महसुस गरेको छु। नेपाल र नेपाली जनताको सेवा गर्न यो मेरो लागि अन्तिम अवसर र चुनौति पनि हो,’ सम्बोधनको क्रममा उनले भने ।

उनले यो अवसरलाई सदुपयोग गरेर अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे । ‘आज पनि एक पटक पार्टीको नेतृत्व गर्दैगर्दा महान बहस उठाउने र श्रमिक जनताको हकमा काम गर्ने अन्तिम अवसर र चुनौती पनि हो, ’ अध्यक्ष प्रचण्डले भने ।

अध्यक्ष प्रचण्ड पार्टीको विधान अनुसार नवनिर्वाचित केन्द्रीय समितिबाट अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनलाई अध्यक्षमा प्रस्ताव नारायणकाजी श्रेष्ठ र समर्थन कृष्णबहादुर महराले गरेका थिए ।

सोमबार ललितपुरमा सुरु भएको नवनिर्वाचित केन्द्रीय सदस्यलाई माओवादी केन्द्रको निर्वाचन आयोगका अध्यक्ष कृष्ण पुकार श्रेष्ठले सपथ ग्रहण गराएका थिए । 

आठौं महाधिवेशनले चयन गरेका २३६ जना केन्द्रीय सदस्यको बैठक ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भएको हो ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ