एमसिसीमा विवाद अनावश्यक : अध्यक्ष ठाकुर

राजनीति

जनकपुरधाम, २९ माघ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसिसी विषयमा अहिले सृजना गरिएको विवाद निरर्थक रहेको बताएका छन् ।

जनकपुरमा शनिबार सञ्चारकर्मीसंग कुराकानी गर्दै ठाकुरले एमसिसी परियोजना विशद्ध रुपमा विकासँंग जोडिएको भएको कारणले विवाद गर्नुको कुनै तुक नरहेको बताए ।

उनले सडक निर्माण र विद्युतीकरणमा रकम खर्च गरिने र गरिबी घटनाउनको लागि यो महत्वपुर्ण विषय भएको बताए ।

अध्यक्ष ठाकुरले एमसिसीको विषयमा उठेको विवादहरुको विषयमा सरोकारवाला निकायले आफनो पक्ष राखि सकेको अवस्थामा यसलाई सस्तो लोकप्रियता हासिल गर्न विवाद सृजना गर्नु उचित नभएको उनको भनाई थियो ।

अध्यक्ष ठाकुरले आफ्नो पार्टीमा कुनै विवाद नरहेको बताउदै पार्टी छोडेर जानेहरुलाई रोक्न नसकिने बताए । उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने सम्भावना रहेको बताउदै त्यो समयको आवश्यकता रहेर निर्णय लिने समेत जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ