रुपन्देही, १४ फागुन । नेकपा एकिकृत समाजवादी पार्टी जनताको पक्षमा रहेको संविधान सभा सदस्य तथा पार्टीका सल्लाहकार आदित्यनारायण कसौधनले बताएका छन् ।
देशको हित विपरित कार्य गर्नेका लागि समाजवादी पार्टी विपक्षी भएर बस्ने र देशको रक्षाका लागि जस्तो सुकै चुनौतिको पनि सामना गरेका छन् ।
देश संकटमा पार्न खोज्दा केपि ओली सरकारलाई छाडेको स्मरण गर्दै देश दुर्घटना हुन बाट बचाएको जनता सामु ताजै रहेकोले एमसिसिको बारेमा पनि पार्टीको स्पष्ट धारणा रहेको कसौधनले बताए ।
नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष राजु गुरुङले पार्टीमा आर्कषण बढ्दै गएको भन्दै कमजोर आकल नगर्न आग्रह गरेका छन् ।
शनिबार भैरहवामा आयोजित कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष गुरुङले समाजवादी पार्टी देश र जनताको हितमा रहेकोले आगामी निर्वाचनमा आफ्ना साझा धारणा लिएर गाउँ गाउँ र टोलटोलमा पुग्ने बताए ।
तपाईको प्रतिक्रिया